धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छिन्। नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध उजुरी परेको थियो। अख्तियारले २०७९ सालको असोज ७ गते गीता विरुद्ध विषेश अदालतमा मुद्धा दर्ता गरेको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले विहीबार सोडारीलाई दोषी ठहर गर्दै ६ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको छ।
विषेश अदालतका प्रवक्ता धन बहादुर कार्कीले गीता सोडारी दोषी ठहर भएको र उनलाई ६ महिना कैद र १० हजार जरिवाना गरिएको बताए। गीताविरुद्ध विषेश अदालतमा दर्ता भएको मुद्धामा कैद र जरिवाना माग दाबी गरिएको थियो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिदा निज शिक्षक गिता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी गरिएको थियो।
भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको हो।
गीता धनगढी–९ स्थित शिव माविमा शिक्षिका थिइन्। उनले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पास गरेको नक्कली प्रमाणपत्र पेश गरेको भन्दै उजुरी परेको थियो। उनका पति सोडारी नेकपा एसका नेता हुन्।
र यो पनि !
मुख्यमन्त्री सोडारीपत्नी भ्रष्टाचारी, नक्कली डकुमेन्टबाट बनेकी थिइन् मास्टर्नी