काठमाडौं: नेपाल प्रहरीका एक बदनामित एसएसपीमाथि हेडक्वार्टरले छानबिन गरिरहेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी दीपक रेग्मीमाथि छानबिन गरिरहेको हो।
उनीमाथि आचरणसम्बन्धि विषयमा छानविन थालिएको स्रोतले जनाएको छ। रेग्मी नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरामा कार्यरत थिए। तर, अहिले उनलाई त्यहाँबाट तानेर हेडक्वार्टरमा राखिएको प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार अहिले उनीमाथि छानबिन जारी छ।
रेग्मीविरुद्ध दिपक थापा नाम गरेका व्यक्तिले आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएका थिए। उनले उजुरीमा एसएसपी रेग्मीले आफ्नी श्रीमती मञ्जु क्षेत्रीसँग गैरकानूनी रुपमा अनैतिक सम्बन्ध राखी आफ्नो पदको दुरुपयोग गरी जबरजस्ती करणीको झुट्टा मुद्दा दर्ता गराएको दाबी गरेका छन्।
साथै, थापाले आफूलाई आधारहीन आरोप लगाएर आफ्नो प्रतिष्ठामा नै धक्का पुर्याएको उल्लेख गर्दै भनेका छन्- मेरो प्रतिष्ठामा धक्का पुर्याएको छ र यसले मेरो परिवारलाई ठूलो भावनात्मक र मानसिक तनाव दिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीका कारण हाम्रो जीवन स्थिरताविहीन भएको छ र पहिले जसरी कहिल्यै नहुने गरी बिग्रिएको छ।
महिलाका श्रीमान थापाले आफू कानुन पालना गर्ने नागरिक भएकाले न्यायप्रति विश्वास गर्दै प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीविरुद्ध तुरुन्त कडा भन्दा कडा कारबाहीको लागि उजुरीमार्फत अनुरोध गरेका छन्।
उनीविरुद्ध प्रमाणहरुसहित नै उजुरी परेको छ। जसकारण एसएसपी रेग्मीमाथि कारबाही हुने उच्च अधिकारीहरुको भनाई छ। यस विषयमा महेन्द्रनगरपोष्टले पहिलोपटक समाचार प्रकाशन गरेको थियो।
रेग्मीको अर्काकी श्रीमतीसँगको अंतरङ्ग भिडिओ भाइरल भएको थियो। रेग्मीले बागलुङमा हुँदा महिलासँग नाजायज सम्बन्ध राखेकोमा उनी पोखरा पुगेपछि सो कुरा छताछुल्ल भएको थियो।
महेन्द्रनगरपोष्टलाई प्राप्त भिडिओमा उनले नाजायज सम्बन्ध रहेकी गर्लफ्रेन्डसँग अश्लील बातचित गरेको देखिन्छ। स्रोतका अनुसार भिडिओ सो कुराकानी रेग्मी बागलुङबाट सरुवा भएर पोखरा हिँड्ने अघिल्लो दिन राति भएको थियो।
उसो त नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरु पटक–पटक महिलासम्बन्धि काण्डमा पर्दै आएका छन्। यसभन्दा पहिला एसएसपी योगबहादुर पालले हवल्दारलाई यौन प्रस्ताव गर्दा महेन्द्रनगरपोष्टले समाचार प्रकाशन गरेपछि राजीनामा दिन बाध्य भएका थिए। त्यस्तै काण्डमामहेन्द्रनगरपोष्टकै समाचारले एसपी दयानिधि ज्ञवालिले पनि कारबाही भोगेका थिए। त्यस्तै महिलाकाण्डमै डिएसपी भिमलाल भट्टराईले समेत विभागीय कारबाही भोगेका थिए।
र, यो पनि: एसएसपी रेग्मीले बागलुङमा लगाएको पिरती पोखरा पुगेपछि छताछुल्ल [भिडिओ]
‘महिलाकाण्ड’वाला एसएसपीमाथि छानबिन, कारबाही हुने
‘महिलाकाण्ड’वाला एसएसपीमाथि अमेरिकाबाट परेको थियो उजुरी, फसाएको आरोप