काठमाडौं : गृहमन्त्री रमेश लेखकले सिंहदरबारमा पदभार ग्रहण गर्दै सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् ।
सोमबार गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेका छन् ।
१० दिनको समयसीमा दिइएको कार्यदल प्रतिवेदन पेश गर्न भनिएको छ।
यस्तै, उनले वर्तमान सरकारले राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने दाबी गरेका छन्। उनले भने, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, अर्थतन्त्रको संकट समाधान गरेर उकास्ने, संविधानको समीक्षा र मुल्यांकन गर्न सरकारले काम गर्छ ।’
Facebook Comments Box