धनगढी: कैलालीको गाेदावरीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
गाेदावरी नगरपालिका- ३ खमाैरा बस्ने २१ वर्षीया पूर्णिमा महता अस्ति राति साढे १२ बजे आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी आफ्नै सुत्ने काेठाकाे पंखामा दाेपट्टाले झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।
उनी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको मृत्युपछि गोदावरी नगरपालिकामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भोलि शोक बिदा दिएको छ।
उनी त्यहाँ स्नातक तह द्वितीय सेमिष्टरमा अध्ययनरत थिइन्।
Facebook Comments Box