धनगढी: धनगढीस्थित विमानस्थललाई सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण गरेका छन्। आज (बिहीबार) प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा मन्त्री भाटले बोर्ड हस्तान्तरण गरेका हुन्।
विमानस्थलका प्रमुखले मन्त्री भाटबाट स्मार्ट बोर्ड बुझेका थिए। स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जनचेतनामूलक सामग्री प्रदर्शनीका लागि उक्त बोर्ड हस्तान्तरण गरिएको हो।
सो बोर्डमा यात्रुलाई जनचेतनामूलक सूचना देखाउने, स्वास्थ्य सम्बन्धि र विमानस्थल सुरक्षाका लागि सूचना तथा जानकारीहरु प्रदर्शनी गराइने जनाइएको छ। सो बोर्ड विमानस्थलले आफ्नो क्षेत्रमा लगाउने छ।
Facebook Comments Box