काठमाडौं : चिनियाँ जनमुक्ति सेनाको स्थापना दिवस काठमाडौंमा मनाइएको छ ।
चिनियाँ दूतावासले र्याडिसन होटलमा विशेष कार्यक्रमका साथ मनाएको ९७ औं वार्षिकोत्सवमा प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथि र गृहसचिव एकनारायण अर्याल,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख,भावी प्रधान सेनापति अशोक सिग्देललगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
सम्भवतस् पहिलोपटक यति ठूलो संख्यामा भूतपूर्व जर्नेलहरुको समेत सो कार्यक्रममा सहभागिता देखिन्थ्यो । काठमाडौंस्थित विभिन्न मुलुकका राजदूत,कूटनीतिक नियोगका प्रतिनिधि,बेलायत, अमेरिकालगायत मुलुकका सैनिक सहचारी,विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तित्व,पत्रकार,राजनीतिज्ञलगायत सो कार्यक्रममा सहभागी थिए ।
Facebook Comments Box