धनगढी : बैतडीमा भिरबाट खसेर महिलाको मृत्यु भएको छ ।
डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
नाथको घर नजिकै रहेको डोब्रा भिरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box