धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले भन्सार छली गरिएका चार लाख बढी मुल्य बराबरका सामान बरामद गरेको छ। दुई छुट्टाछुट्टै स्थानबाट भारतबाट अवैध रूपमा ल्याइएका सामानहरु बरामद गरेको हो ।
धनगढी उपमहानगरपालिका २ स्थित रामजानकी मन्दिर नजिकबाट वडा प्रहरीको टोलीले २ लाख १२ हजार बराबरका ६२० जोर पुरुष मोजा र ४४० जोर महिलाका मोजा बरामद गरेको छ ।
यस्तै प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका ३ बाट १ लाख ९० हजार ६०० बराबरका लन्डनहर्न ब्रान्डका चस्मा र चस्माका ग्लास बेवारिसे अवस्थामा फेला पारेको छ।
दुवै स्थानबाट अन्दाजी ४ लाख २ हजार ६ मुल्य बराबरका सामान बरामद गरेको हो ।
प्रहरीले बरामद गरिएका सबै सामानहरू आवश्यक कानूनी कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको जनाएको छ।
Facebook Comments Box