पोखरा – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबैभन्दा आवश्यक भएको बताएका छन् ।
आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए ।
उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो रु आज काँग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यस कारण काँग्रेसका साथीहरूबाट गठबन्धनलाई शङ्का उपशङ्का गर्ने काम गर्नु हुँदैन ।’
ओलीले संसद् भङ्ग परेपछि गठबन्धन बनेको र अरू दल उदार भएर काँग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नु आफूहरूको कर्तव्य भएको बताए ।
उनले भने, ‘गठबन्धन बचाउन पोखरा महानगर मात्र होइन, सबै पालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी हुन जरुरी छ ।’
ओली स्वयं र उनले नेतृत्व गरेको पार्टी प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको उनले बताए । देउवाले भने, ‘स्थायित्व स्थिरताका लागि गठबन्धनलाई जिताउनु पर्छ । ओलीले जित्यो भने संसद् भोलि नै भङ्ग गरिदिनसक्छ ।’