काठमाडौं: नेपाल प्रहरीका डिआईजी डा. मनोज केसी आईजीपी बसन्तबहादुर कुँवरलाई मन नपर्दा जिम्मेवारीबाट हटाइएका छन्। प्रहरीको विशेष ब्यूरोबाट केसीको सरुवा भएको हो।
उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया बेचन झा पक्राउ प्रकरणमा आफूलाई राम्रोसँग ब्रिफिङ नगरेको आईजीपी कुँवरको आरोप छ।
सोही आरोपका कारण हालका गृहमन्त्री रमेश लेखकलाई रिझाएर उनले केसीको सरुवा गरेका हुन्।
डिआईजी केसीमाथि चेन अफ कमाण्ड नमानेको गम्भीर आरोप लगाएर उनलाई विशेष ब्यूरोबाट हटाई प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) मा सरुवा गरिएको स्रोतको भनाई छ।
विशेष ब्यूरोमा भने एकेडेमीमा रहेका डीआईजी राजन अधिकारीलाई ल्याइएको छ।
र, यो पनि: विवादित एआईजी र एसएसपीलाई हटाउने तयारी, डाक्टर डिआईजी पनि ‘रेडजोन’मा
Facebook Comments Box