धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा प्रसुती तथा स्त्री रोगका सेवा थप गरिएको छ। मंगलबारबाट अस्पतालमा सेवा थप गरिएको हो।
अस्पताल व्यवस्थापन समितिका अनुसार अस्पतालमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. सोनम गुरुङ आएपछि सेवा थप गरिएका हुन्।
सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री ओम विक्रम भाट (सरल) ले डाक्टरलाई महाकाली अस्पताल पठाएका थिए। अस्पतालमा सेवा थप एवं सञ्चालित सेवा प्रभावकारी बनाउन उनले चिकित्सक थप्दै जानुपर्ने जनाएका छन्।
Facebook Comments Box