धनगढी : नेपाल प्रहरीतर्फको प्रहरी सहायक निरीक्षक (असई)को लिखित परीक्षामा सुदूरपश्चिमका १२ जनामात्रै पास भएका छन्।
लोकसेवा आयोगले मंगलबार प्रकाशन गरेको नतिजामा असईका लागि सुदूरपश्चिमबाट छनौट भएका १२ जना लिखितमा पास भएका हुन्। जसमा २ जना महिला र २ जना पिछडिएको क्षेत्रबाटसमेत पास भएका छन् भने १० जना खुल्लाबाट पास भएका छन्।
प्रहरीको असईको २०८०/०८१ को खुला तथा समावेशी तर्फको लिखित परीक्षामा ९ हजार ७४३ जना सहभागी थिए। जसमध्ये ४१५ जना लिखितमा पास भएका छन्।
सूची
१. आसिष बिष्ट
२. करिना ओइरे
३. गोविन्द कलौनी
४. जयराज जोशी
५. जिवन अधिकारी
६. नरेशबहादुर बिष्ट
७. विशाल शाह
८. राजेन्द्र धामी
९. रामदत्त जोशी
१०. रामचन्द्र अवस्थी
११. राहुल भण्डारी
१२. सरस्वती बिष्ट
Facebook Comments Box