दार्चुला– दार्चुलाको सबैभन्दा विकट क्षेत्र रहेको व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइने भएको छ । छांगरु र तिंकरमा सुरक्षाकर्मी लैजान सोमबार हेलिकप्टर आउन लागेको हो ।
नेपालतिर घोरेटोबाटो नहुँदा छांगरु र तिंकरमा सुरक्षाकर्मी हेलिकप्टरमार्फत पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक विष्टले जानकारी दिनुभयो । हेलिकप्टरमार्फत तिंकरको लागि प्रहरी पठाइने छ । तिंकर प्रहरी गत मंसिरमा हिमपातपछि सदरमुकाम खलंगा झरेको थियो ।
तिंकरका स्थानीय सदरमुकाम खलंगाबाट बसाई सरेर गाउँ फर्किसकेका छन् ।हेलिकप्टरमार्फत छांगरु र तिंकरमा निर्वाचनको लागि खटिने कर्मचारी, मतपेटिका, मतपत्र तथा सुरक्षाकर्मीको खाद्यान्न ढुवानी गर्ने तयारी गरिएको छ ।
Facebook Comments Box