काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकका रूपमा छिट्टै संसदमा पेस गर्ने बताएका छन् ।
बुधबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनलाई सुदृढ गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानुन निर्माण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारे ।
उनले सरकारले सशस्त्र प्रहरी बल, नेपाल ऐनलाई पनि समसामयिक बनाउने गरी नयाँ विधेयक संसदमा पेस गर्ने भएकाले त्यसलाई गम्भीर र अर्थपूर्ण रूपमा छलफल गरेर निष्कर्षमा पु¥याउने काममा लाग्न पनि संसदीय समितिह्रूलाई आग्रह गरे ।
मुलुकको शान्तिसुरक्षा र अमनचयन कायम हुने गरी सरकारले कानुन निर्माणको कामलाई प्राथमिकता दिएको गृहमन्त्री लेखकको भनाइ थियो ।
Facebook Comments Box