काठमाडौं : सशस्त्र प्रहरी बल,नेपालले उच्च भू–भाग विपद उपशाखा स्थापना गरेको छ । महानिरीक्षक राजु अर्यालको अध्यक्षतामा गत साउन ७ गते बसेको परामर्श समितिको ८७ औं बैठकको निर्णयअनुसार कार्य विभागले उक्त उपशाखा स्थापना गरेको हो ।
साउन १५ गतेदेखि उपशाखा सञ्चालनमा आएको सशस्त्र प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार हिमाली भेगमा हुने विपदसम्बन्धी तालिम दिने,चीनसँग जोडिएको सीमानामा हुने गतिविधिहरु नियाल्ने काम सो उपशाखाले गर्नेछ ।
सो उपशाखाको नेतृत्व प्रहरी नायव उपरीक्षक (डिएसपी) ले गर्ने उनले जानकारी दिए ।
Facebook Comments Box