धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव समेत रहका चलाउनेले दिएको राजीनामा पत्र मुख्यमन्त्री सोडारीले बुझेका छन् ।
मुख्यमन्त्री सोडारीले राजीनामा दिनुभन्दा एक दिन पहिले भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले राजीनामा दिएका हुन् ।
उनी नागरिक उन्मुक्ति पार्टीबाट सांसद हुँदै मन्त्री भएका थिए ।
Facebook Comments Box