काठमाडौं– गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै विज्ञप्ति जारी गर्ने पत्रकार सम्बद्ध पत्रकार संगठनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु क्षेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशिल पत्रकार संघ नेपालका सचिव पोखरेललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको हो ।
सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनले शनिबार अपिल जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।
Facebook Comments Box