काठमाडौं: सेनाको नयाँ गोरख गण ‘ख’ गुल्म,अमलटारी बाँदर झुला पोष्टका जवान सुदीप मिजारले आफैँलाई गोली प्रहार गरेका छन्। नवलपरासीको बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ७ स्थित उक्त पोष्टमा कार्यरत २२ वर्षे मिजारले आज दिउँसो घाँटीमा गोली हानेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गोरखगण कसरा चितवन दरबन्दी भएका सुदिप नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोष्टमा कार्यरत थिए। उनले कोत घरमा रहेको बन्दुक प्रयोग गरेका हुन्।
धादिङको गल्छी गाउँपालिका–४ घर भएका सुदिपले आफैँलाई गोली प्रहार गरेको घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको जनाएको छ।
Facebook Comments Box