धनगढी : कञ्चनपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सदस्य अभिनास कुवँरलाई पक्राउ गरिएको भन्दै लेखकको पुत्ला दहन गरिएको हो ।
साउन २३ गतेका दिन पार्टीको पत्रकार सम्मेलन सकेर निवास फर्किने क्रममा गोकर्णेश्वर नगरपालिकाको नयाँबस्तीबाट सादा पोशाकमा रहेका आफुलाई प्रहरीले कुवँरलाई पक्राउ गरेका थिए ।
सोही घटनाको विरोधमा गृहमन्त्री लेखकको पुत्ला दहन गरिएको हो । उनीहरुले झुट्टा मुद्दा खारेज गर, नालायक प्रहरी प्रशासन मुर्दावाद, भ्रष्टाचारीहरुको संरक्षक गृहमन्त्री रमेश लेखक राजिनामा दे लगाएतका नाराहरु समेत लगाएका थिए ।
Facebook Comments Box