कैलाली– कैलालीको कैलारी गाउँपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै २६ गतेदेखि जेठ २ गतेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिने सूचना जारी गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरु तोकिएको निर्वाच केन्द्रको मतदान स्थलमा जानुपर्ने भएकाले गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
Facebook Comments Box