काठमाडौं : गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन्।
गृह मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा गृह सचिव अर्याल र आईजीपी कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै उक्त सम्झौता आदान प्रदान गरेका हुन् ।
कार्यक्रमा बोल्दै गृह सचिव अर्यालले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गरे ।
सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने गृह सचिव अर्यालको भनाई छ ।
Facebook Comments Box