काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एसपी विरसिंह शाहूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले न.४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीका तत्कालीन एसपी शाहूविरूद्ध शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो।
शाहूमाथि सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप छ।
प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको बिए तहको शैक्षिक प्रमाणपत्रमा अख्तियारले अनुसन्धान गरेको थियो।
शाहूले २०५९ चैत ७ गते प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा.राममनोहर लोहिया अवैध विश्वविद्यालय फैजाबादबाट जारी भएको प्रमाणपत्र भनेर पेश गरेको अख्तियारले जनाएको छ।
उक्त प्रमाणपत्र झुटो रहेको अख्तियारको दाबी छ। अख्तियारले उनलाई ६ महिनादेखि एक वर्षसम्म कैद सजाय र १० हजार देखि २० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ।
शाहू दार्चुलाका स्थानीय हुन्। उनले मुद्दा लाग्ने भएपछि २ महिना अगाडीमात्रै राजीनामा दिएका थिए।