काठमाडौं: बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका तरुण नेता सन्दीप जंग शाहले एक पत्रकार र युवकलाई धम्की दिएका छन्। आफूलाई नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा हालकी परराष्ट्र मन्त्री आरजु राणा देउवाको कार्यकर्ता बताउने शाहले फोनमार्फत धम्की दिएका हुन्।
उसो त शाह तरुण दलको नगर सभापति हुन्। उनै शाहले स्थानीय पत्रकार आशिष मल्ल ठकुरी र भारतको दिल्लीमा रहेका उत्सव वलीलाई धम्की दिएका हुन्।
उनीहरुले राप्ती सोनारी गाउँपालिका वडा नं ५ विनौनामा भएको घटना र वडाध्यक्षलाई फसाइएको विषयमा लेखेको र बोलेको भन्दै शाहले धम्की दिएका हुन्।
स्रोतका अनुसार धम्की दिने शाह हात हतियार तथा खर खजाना सम्बन्धि मुद्दाका प्रतिवादी समेत हुन्। अहिले उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ।
यस्तै शाहले डुडुवा गाउँपालिकाको राप्ती पुलको छेउमा अवैध क्रसर चलाएको र अवैध रुपमा नदीजन्य पदार्थ थुपारेको पनि आरोप लागेको छ। उनले नेपालगन्जमा गुण्डागर्दी गर्नेदेखि लफडा गराउने समेत गरेको बताइन्छ।
र, यो पनि: कोहलपुर खुकुरीकाण्डको अन्तरकथा यस्तो, ‘स्याण्डी’ विरुद्ध मुद्दैमुद्दा