कैलाली– आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको छ ।
यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा हुने यसअघि निर्णय भएको थियो ।साथै चुनावका दिन पनि सरकारले सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।
Facebook Comments Box