कञ्चनपुर– आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा आजदेखि मदिरा विक्री वितरणमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आजबाट मदिरा विक्री वितरणमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै २७ गते (आज) राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवनमा रोक लगाइएको जनाएको छ । सूचनाविपरीत काम गरे वा गराइएको पाइए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
Facebook Comments Box