धनगढीः प्रेममा धोका पाएपछि कैलालीका एक युवकले प्रेमिकाको हत्या गरेका छन्।
कैलालीबाट झापाको बिर्तामोड पुगेर युवकले प्रेमिकाको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। युवकले अन्धाधुन्ध छुरा प्रहार गरेर युवतीको हत्या गरेका हुन्।
बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको हत्या भएको हो। लोहार इलामको सूर्यादय नगरपालिकाको फिक्कलकी हुन्।
उनको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लोहारलाई पटकपटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियत्रन्त्रणमा लिएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाकी सूचना अधिकारी मेहघी तामाङले बताइन्।
कुटपिटबाट सामान्य घाइते भएका उनको मेची अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box