धनगढीः बैङ्किङ कसुर मुद्दामा कैलालीका एकजना काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष तथा राष्ट्रिय माध्यमिक विद्यालय सुख्खडका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमाल रहेका छन्।
अनामनगर प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतले हमाललाई बैङ्किङ कसुर मुद्दामा कैद र जरिवाना सहितको फैसला सुनाएको थियो।
अदालतको फैसलापछि फरार रहेका हमाललाई पक्राउ गरिएको हो। आफ्नो खातामा पर्याप्त रकम नभए पनि ४५ लाखको चेक काटेको बुझिएको छ।
Facebook Comments Box