धनगढीः कैलालीमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको हो।
जिल्लाको १३ वटै पालिकामा खोप अभियान सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले खोप अभियान सञ्चालनका लागि पत्राचार गरिसकेको जनाइएको छ।
आउँदै गरेको चाडपर्वको बेला मानिसको ओहोरदोहोर बढी कोभिड सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरेर खोप अभियान सञ्चालन गर्न लागेको बताइएको छ।
Facebook Comments Box