धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले संघीय सरकारले ऐनहरु समयमा नबनाएका कारण प्रदेश सरकारले धेरै कुरा अडाडि बढाउन नसकेको बताएका छन्। ६९ औं प्रहरी दिवशका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्।
‘देश संघीयतामा गएपनि अहिलेसम्म प्रदेशले पाउने अधिकार पाएको छैन। प्रदेशले पाउने अधिकार नपाएकै कारण प्रदेश सरकारले धेरै कामहरु अगाडी बनाउन सकेको छैन। त्यसैभीत्र प्रहरी समायोजन पनि पर्छ,’ मुख्यमन्त्री शाहले भने।
उनले प्रहरी समायोजन सहितका अधिकारहरु प्रदेशमा नदिने हो भने त्यसको विकल्प पनि सोच्नुपर्ने बेला आएको बताए। ‘प्रहरी समायोजन हुन्छ वा हुदैन ? यसको जवाफ संघीय सरकारले दिनुपर्छ। संघीय नेतृत्वले दिनुपर्छ। समयमा संघीय सरकारले समायोजन प्रकृया अगाडि बढाउन पर्दछ, हैन भने त्यसको विकल्पका रुपमा के गर्न सकिन्छ ? संघीय सरकारले सोच्न जरुरी छ’ मुख्यमन्त्री शाहले भने।
उनले संघीय सरकारले योजनाहरुको सिलान्यास, उद्घाटन गरेर मात्रै होईन, प्रदेश सरकरलाई अधिकार सम्पन्न बनाएर संघीयता बलियो बनाउनेतर्फ लाग्न सुझाव दिए। प्रहरी बरिष्ठ उपरिक्षक श्यामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका प्रमुख सचिव डाक्टर कमल पोख्रेल विशिष्ठ अथिति रहेका थिए।