धनगढी: बैतडीबाट निर्वाचित भएर मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल गृहजिल्लामा छन्। उनीहरू गृहजिल्लामा कार्यकर्ता, मतदाता भेटघाट तथा समस्या संकलनमा व्यस्त रहेको बताइएको छ।
उनीहरूले विभिन्न स्थानमा मतदाताका समस्याको संकलन गर्ने काम गरिरहेका छन् भने समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिइरहेका छन्।
मन्त्रीद्वय भण्डारी र पालले स्थानीय स्रोत साधनको उपयोग बठाउनुपर्ने बताएका छन्। गृहजिल्ला बैतडीमा रहेका मन्त्रीद्वयले मतदाता भेटघाटका क्रममा घोषणा पत्रका कुरा पूरा गर्ने पनि जनाएका छन्।
‘स्थानीय स्रोत साधनको प्रयोग गरेमा हाम्रो मुद्रा बाहिर जादैन, जसकारण देशमा देखिएको आर्थिकमन्दी पनि कम हुन्छ’ मन्त्री भण्डारीले भनेका छन्। उनले चुनावका बेला आफुले जारी गरेको घोषणपत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गरिहेको पनि बताए।
भण्डरी र पालले जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिका मतदाता र कार्यत्रकर्ताहरुसँग भेटघाट गरेका थिए। उनीहरुले बैतडीमा रहेका खानी, खनिज, जडीबुटि प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको बताए।
‘बैतडीमा फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी छ। ती खानीहरु ब्यवस्थित गरि बैतडीको सिलेट राजधानी पु¥याउने प्रयास गरिनेछ,’ मन्त्री भण्डारीले भने।
उनले सरकारी बजेटमा स्थापीत योजनाहरुको पुर्ण उपयोग नभएको बताए। ‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ तर सिचाईको अभावमा खेत बाँझो राखेका छौँ, ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन सकिरहेको छैन।
सडक सुबिधा भएका ठाउँमा समेत कृषि उपजहरु उत्पादन गरि बिक्रि गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ,’ उनले भने।
जडिबुटि संकलन, प्रसोधन, प्याकेजिङ, ब्राण्डीङ गर्ने र लघु उद्यम मार्फत रोजगारी श्रृजना गर्नतिर सरकार लागेको उनको दाबी थियो। सामान्य व्याजदरको स्टार्टप कर्जा कार्यक्रम मार्फत रोजगारी श्रृजना भैरहेको उनले बताए।