काठमाडौं: नेपाल प्रहरीका २ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको छ। आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्व्य किरण राणा र डा. सुरेन्द्र प्रसाद ह्योजुलाई बढुवा सिफारिस गरिएको हो।
उनीहरूलाई गृहमन्त्रालयस्थित बढुवा समितिको निर्णयबाट बढुवा सिफारिस गरिएको हो।
जसमा ह्योजु प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनेका हुन् भने राणा जनपदतर्फकी एआईजी सिफारिश भएकी हुन्।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको बताइएको छ।
डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा दरबन्दी भएर काठमाडौंको विमानस्थलमा कार्यरत रहेका छन्।
Facebook Comments Box