दार्चुलाः बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिएको हो। बालिकालाई जबरजस्ती करणी गरेको भन्दै बालिकाको घर, परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ। पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Facebook Comments Box