काठमाडौं: एक युवकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दिपक थापाको नाम र फोटो प्रयोग गरी आतंक मच्चाएको बताइएको छ। फोटो दुरुपयोग गरेर अरुलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन्।
मोरङको विराटनगर महानगरपालिका–१, ठूलो मिल चोक बस्दै आएका ३० वर्षीय हेमकुमार खड्कालाई उक्त अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनले ट्रुकलर नामक एपमा सीआईबी प्रमुख थापाको नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिलाई आफू ब्युरोको कर्मचारी भन्दै फोनबाट धाकधम्की दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई हिजो पक्राउ गरेको हो। खड्कामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box