काठमाडौं: अस्ति आइतबार नेपाल प्रहरीको डीआईजीबाट एआईजी पदमा बढुवा भएकी किरण राणा भोलिबाट अनिवार्य अवकाशमा जान लागेकी छन्।
उमेर हदका कारण उनी १५ कात्तिकमा अवकाशमा जान लागेकि हुन्। उसो त उनी राजनैनिक पहुँचका भरमा अस्ति बढुवा भएर हिजो (मङ्गलबार) मात्र दर्ज्यानी चिन्हबाट सुशोभित भएकी थिइन्। हिजो उनी र अर्का बढुवा भएका एआईजी डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक १३ गतेको निर्णयअनुसार उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। राजनैनिक पहुँचका भरमा बढुवा पाएको भन्दै सो विषय विवादित पनि बनेको थियो।
केही दिनका लागि बढुवा पाउने राणा सत्ताधारी दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको नातेदार भएकाले पनि विवाद भएको थियो।
र, यो पनि: एआईजी बढुवा: सिनियर छुटाइए, जेष्ठताको नाममा अन्याय