काठमाडौं: नेपाल प्रहरीको प्राविधिकतर्फ डीआईजी पदका लागि ३ जना एसएसपीलाई बढुवा सिफारिस गरिएको छ।
जसमा बढुवाका लागि एसएसपी डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सञ्जिता दाहाल (घिमिरे) को नाम सिफारिस भएको छ।
एआईजी भीम ढकालका अनुसार उनीहरुलाई आइतबार साँझ बसेको बढुवा समितिको बैठकको निर्णयबाट डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।
यस्तै उता जनपदतर्फ पनि ८ वटा दरबन्दी रिक्त रहेकोमा बढुवाको तयारी थालिएको छ। गृहस्रोतका अनुसार डीआईजी बढुवामा तिव्र टक्कर भएपछि डीआईजीको दरबन्दी पनि थप्न लागिएको छ।
रिक्त पदमा मात्रै दुई दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन्। जसकारण बढुवामा ढिलाई भएपनी एक साताभित्रै बढुवा गरिने स्रोतको दाबी छ।
Facebook Comments Box