काठमाडौं: नेपाल प्रहरीका ३२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम सिफारिस गरिएको सूची सार्वजनिक गरिएको छ।
सार्वजनिक सूचीअनुसार, सिफारिस प्राप्त अधिकृतहरूले अब प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति पाउनेछन्।
बढुवा सिफारिस हुनेमा भरत बहादुर चन्द, मम बहादुर साउँद, महेन्द्र प्रसाद काफ्ले लगायतका व्यक्तिहरु रहेका छन्।
यस्तै नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका असईहरूलाई सईमा बढुवा सिफारिस गरेको हो।
बढुवा सुचिको पहिलो नम्बरमा मनोज कुमार खड्गा छन्। यस्तै हरी बहादुर बस्नेत, ओम शंकर बोगटी, शारदा प्रसाद पौडेल लगायतका व्यक्तिहरु रहेका छन्।