धनगढी: डेंगु संक्रमणबाट डडेल्धुराका एकजनाको मृत्यु भएको छ। अजयमेरू गाउँपालिका –१ का कोटेलीका आन्दाजी ५२ वर्षीय राम सिंह खडकाको संक्रमबाट मृत्यु भएको हो।
रोजगारीको शिलशिलामा भारतको बेङ्गोर भएका बेला उनलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले बताएको छ। त्यहाँबाट उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनका २ सन्तान रहेका छन्।
Facebook Comments Box