काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो। सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए।
हिजो पक्राउ परेका दुई जना भारतीय हुन्। आज पक्राउ पर्नेमा सुमन्त यादव, भारत विहारका बृजेश कुमार छन्। यस्तै सुमित घोष र यादव थरी अर्का जना हिजो समातिएका थिए।
एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ।
Facebook Comments Box