काठमाडौं: सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम आज मंगलबारदेखि अवकाशप्राप्त भएका छन्।
उनलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले मंगलबार नै विदाइ गरेको छ। सीमा सुरक्षा विभागमा कार्यरत गौतम सशस्त्रमा कायम ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन्।
३० वर्षे हटाएर आफ्नो कार्यकाल लम्ब्याउन एक महिनायता कार्यालय नै नगई प्रयास गरे पनि सम्भव नभएपछि गौतमको सेवा अवधि टुंगिएको हो।
२०५२ वैशाख ३ गते नेपाली सेनामा भर्ना भएका गौतम क्याप्टेन हुँदा सशस्त्र प्रहरीमा सरेका थिए। २०७५ पुस १३ गते डीआईजीमा बढुवा भएका गौतम २०७९ जेठ २३ गते एआईजी बनेका थिए।
उनी अवकाशप्राप्त भएसँगै सशस्त्र प्रहरीमा एक जना एआईजीको दरबन्दी खाली भएको छ।
रिक्त एआईजीका लागि डीआईजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी प्रमुख दाबेदार हुन्।