डोटी: डोटीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको छ। खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि डोटीको दीपायल सिलगढी नगरपालिकामा अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो।
दीपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्काका अनुसार सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरूको सुरक्षाका लागि पोष्ट स्थापना भएको जानकारी दिए।
पोष्टमा प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमान्डमा सात जना प्रहरी राखिएको छ। पर्यटकहरू माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित अनुभूति गराएर बसाइँ लम्ब्याउने वातावरण बनाउने, आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिने र पर्यटकहरूलाई गाइड गर्ने उद्देश्यले पोष्ट स्थापना गरिएको हो।
Facebook Comments Box