धनगढी: कैलालीको धनगढी र गोदावरी नगरपालिकाबाट झण्डै ११ लाखको सामान बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले १० लाख ९१ हजार ८०९ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराह, संचयकोष कार्यालय धनगढी नजिक र बोराडाँडीबाट १० लाख ५३ हजार ८०९ बराबरको मोबाइलका कभर, किरानाका सामान र मोजाहरु बरामद गरिएको छ।
यस्तै गोदावरी नगरपालिका–९ बालुवाटारबाट ३८ हजार बराबरको स्पिकर, पम्पको वासर र किराना सामान बरामद गरिएको छ।
Facebook Comments Box