धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीको सरुवा भएको छ। बिहीबार बसेको गृहमन्त्रालयको मन्त्रीस्तरीय बैठकले उनको सरुवा गरेको हो।
उनलाई नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, काठमाडौं पठाइएको छ। यस्तै उनको स्थानमा गणेश चन्दलाई पठाइएको छ।
हालै डीआईजीमा बढुवा भएका चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा पदस्थापन गरिएको हो। उनी सुदूरपश्चिमका स्थानीय हुन्। केही महिनापछि उनी अवकाशमा जानेछन्।
Facebook Comments Box