काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीका १० जना प्रहरी नायब महानिरिक्षक (डिआईजी) को सरुवा गरेको छ भने नयाँ ८ जनाको पदस्थापन गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी केन्द्रीय प्रवक्ता डिआईजी दानबहादुर कार्कीको पनि सरुवा भएको छ। डिआईजी दुर्गा सिंह चन्दको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा भएको छ भने कुबेर कडायत प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका छन्।
त्यस्तै सुदूरपश्चिमका रविन्द्र केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन् भने चन्द्रकुबेर खापुङ सिआईबी आएका छन्।
त्यस्तै जनक भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालय पुग्दा लामणि आचार्य मधेश प्रदेश पुगेका छन्। त्यस्तै अर्जुन चन्द ठकुरी अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय पुगेका छन् भने प्रहरी केन्द्रीय प्रवक्ता समेत रहेका दानबहादुर कार्की लुम्बिनी प्रदेश पुगेका छन्।
त्यस्तै डा. मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पुगेका छन् भने राजन अधिकारी कोशी प्रदेश पुगेका छन्।
त्यस्तै नेपाल प्रहरीले एसएसपीबाट बढुवा भएका ८ डिआईजीको पनि पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा भएर पदस्थापन हुनेमा ध्रुवराज राउत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन् भने भोलाबहादुर रावत गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुगेका छन्।
त्यस्तै गणेश चन्द्र सुदूरपश्चिम प्रहरी कार्यालय पुगेका छन् भने सिद्धिविक्रम शाह नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो पुगेका छन्।
त्यस्तै सुशिलसिंह राठौर नेपाल प्रहरीको कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा पदस्थापन भएका छन् भने उमाप्रसाद चतुर्वेदी महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय पुगेका छन्।
त्यस्तै हिमालय कुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्दा डम्बरबहादुर विकको साईबर ब्यूरो भोटाहिटीमा पदस्थापन भई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा काज सरुवा भएको छ।
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/12/Messenger_creation_8F7D55CF-0447-4B7C-85AA-D62248DD4452-720x1024.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/12/Messenger_creation_8F264225-C06D-434D-BDD7-411F3B1D3B2D-1024x866.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/12/Messenger_creation_4465BAFA-200D-427F-B027-D4891AE44CE1-709x1024.jpeg)
![](https://mahendranagarpost.com/wp-content/uploads/2024/12/Messenger_creation_BF780B0C-9B52-4F29-882E-7A17B2CCD99F-1024x829.jpeg)