दाङ – नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहीबार बिहान दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पूर्व-पश्चिम राजमार्ग हुँदै बिहीबार नेपालगञ्जतर्फ जाँदै गरेका बास्तोलासहितका तीन नेतालाई पक्राउ गर्ने नीति नभएको र सामान्य सोधपुछका लागि मात्रै नियन्त्रणमा राखेको प्रहरी स्रोतको भनाइ छ । बास्तोलाको साथमा सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तान पनि छन् ।
नेत्रविक्रम चन्दले कारबाही गरेपछि बास्तोला र हेमन्तप्रकाश वलीले उल्टै चन्दलाई कारबाही गरी नेकपा बहुमत गठन गरेका थिए । चन्द विभिन्न ठाउँमा स्वतन्त्र उम्मेद्वार बनाएर निर्वाचनमा सहभागी भएका छन् ।
Facebook Comments Box