धनगढी: नेपाल पत्रकार महासंघको कञ्चनपुरको जिल्ला अध्यक्ष प्रेस चौतारी नेपालका सुरेश धामी अध्यक्षमा निर्वाचित भएका छन्। उनी प्रेस सेन्टर नेपालका राजेन्द्र अवस्थीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै उपाध्यक्ष (खुला) मा अमर बहादुर चन्द, महिलामा धर्मा रोकाया, सह-सचिव खुलामा गोकुल जोशी र कोषाध्यक्षमा मोहन बिष्ट निर्वाचित भएका छन्।
यस्तै महासंघको ८ खुला सदस्यमा केशव भट्ट(७९), दिनेशराज ओझा (५७), धन बहादुर महता विकास(५४), भवानीदत्त भट्ट(भुवन) ६३, माधव पौडेल(५६), सुजित सिनाल(७४), सुरेश भट्ट (६९), हरिलाल जोशी(५२) मत ल्याएर निर्वाचित भएका छन्।
यसैगरी दलित सदस्यमा चौतारी युनियनका साझा उम्मेदवार धन बहादुर बिक निर्वाचित भएका छन्। उनले सेन्टरका खडक कोलीलाई २ मतले पराजित गरेका छन्। विकले ५२ र कोलीले ५० मत ल्याएका छन्। ५९ मत ल्याएर दान सिह डगौरा आदिवासी जनजाति सदस्य निर्वाचित भएका छन्। उनले सेन्टरका नरेश रानालाई पराजित गरे। रानाले ३१ मत ल्याए।
महासंघको सचिवमा कुन्दन पाण्डेय, समावेशी सह सचिवमा किशोर कुमार तामाङ्ग, महिला सदस्यमा ऐश्वर्या कुँबर यस अघि निर्विरोध निर्वाचित भएका थिए।
नवौ अधिवेशनमा १ सय ७ मत खसेको थियो। महासंघ कञ्चनपुरमा १ सय १६ सदस्य छन्।
यस्तो छ निर्वाचितको नामावली