काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ।
विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमान्डुले १८ ओभर १ बलमा ९ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको हो।
प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले खेल जित्यो। लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ।
अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ। काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ।
Facebook Comments Box