काठमाडौं: काठमाडौंका पूर्वमेयर, पूर्वमन्त्री पीएल सिंहको निधन भएको छ।
परिवार स्रोतका अनुसार पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो।
२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए।
८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। यसैक्रममा काठमाडौं महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ।
Facebook Comments Box