कञ्चनपुर– कञ्चनपुरको पुनर्वासबाट नेकपा माओबादी केन्द्रका कार्यकर्ताले चुनावी प्रचारमा प्रयोग भएको सरकारी मोटरसाइकल स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । नगरपालिकाको वार्ड नं. २ का वडाध्यक्ष सन्तकुमार चौधरीले प्रयोग गर्ने म.१ ब ४४४ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
बुधवार राति करिब १ बजेको समयमा पुनर्वास नगरपालिका वार्ड नं. २ अमरैया टोलमा चुनावी प्रचारमा प्रयोग गरिरहेको अवस्थामा स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएका थिए । निर्वाचन आचार संहिता विपरित मौन अवधिमा सरकारी गाडी प्रयोग गरेको पाइएकाले मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए ।
Facebook Comments Box