काठमाडौँ: अस्ट्रेलियामा अपार्टमेन्टको सातौँ तलाबाट खसेर एक नेपाली नर्सको मृत्यु भएको छ। ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको भएको समाचारमा उल्लेख छ।
दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन्। यो घटना गएको बिहीबार राति १ः४५ तिरको भएको बताइएको छ। प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ।
दीक्षाले केही अघिमात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन्। प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ।
Facebook Comments Box