काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अनुरोध गरेका छन् । एक अपिल जारी गर्दै गृहमन्त्री खाणले आम नेपालीहरुलाई निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आग्रह गरेका हुन् ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्न, विधिको शासनलाई सुदृढ गरी निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउन र जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गरी विकासको प्रतिफल जनताको घर आँगनसम्म पु¥याउनका लागि निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुने आग्रह गरेका छन् ।
उनले सरकार स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
Facebook Comments Box